Logo

प्रमुख समाचार

मुख्यमन्त्रीले दादागिरि देखाएपछि कांग्रेसले पनि दियो जवाफ



प्रतिपक्षी दल कांग्रेसको विरोधपछि प्रदेश २ को शनिबारको प्रदेशसभा बैठक स्थगित भएको छ ।प्रतिपक्षी दल कांग्रेसले वीपी उद्यानको नाममा रहेको जग्गा प्रदेश सरकारले कब्जा गर्न खोजेको भन्दै प्रदेशसभा बैठक चल्न नदिएको हो ।

कांग्रेसका प्रमुख सचेतक उपेन्द्र कुशवाहाले २०४९ सालमै विश्वेश्वरप्रसाद कोइरालाको नाममा उद्यान सञ्चालन गर्न वीरगन्जमा दिइएको जग्गा प्रदेश सरकारले शहीद स्मृति पार्क निर्माण गर्ने नाममा कब्जा गर्न खोजेको आरोप लगाएपछि बैठक अवरुद्ध भएको छ ।

कुशवाहाले यसको छिनाफानो नभएसम्म बैठक स्थगित गर्न माग गरेका थिए ।कुशवाहा बोलेपछि कांग्रेसका प्रदेशसभा सदस्यले समेत विरोध जनाउन थाल्दा सभामुख सरोजकुमार यादवले फागुन १५ गतेसम्मका लागि बैठक स्थगित गरेका छन् ।

वीपी उद्यानका लागि छुट्याएको १० बिघा जग्गामा माघ १६ गते प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले शहीद स्मृति पार्क शिलान्यास गरेका थिए ।शिलान्यास गर्ने क्रममा मुख्यमन्त्री राउतले ‘त्यो वीपी कोइराला को हो, मधेसले चिन्दैन’ भनेका थिए ।

त्यसपछि नेपाली कांग्रेसका स्थानीय नेता तथा कार्यकर्ताहरू रिसाएको थियो ।प्रदेश सरकारले सो जग्गा वीरगन्ज महानगरपालिकाको नाममा रहेको र त्यहाँ शहीद स्मृति पार्क निर्माण गर्न इजाजत दिएको दाबी गर्दै आएको छ ।

प्रकाशित मिति : फाल्गुन ४, २०७५ शनिबार  ४ : १८ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।