Logo

अर्थ

सुनचाँदीको मूल्यमा भारी गिरावट, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ । आज सुन प्रतितोला ८ हजार ८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ ।

आज सुनको मूल्य प्रतितोला २ लाख ९७ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा सुन प्रतितोला ३ लाख ६ हजार १०० रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १८५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ५८० रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ७६५ रुपैयाँमा कारोबार भएको थियो ।

 

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार ११:३८   :  बजे

591
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।