Logo

सुदुरपश्चिम प्रदेश

जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु



बैतडी जिल्लामा जिप दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ । झुलाघाटबाट गोठलापानीतर्फ आउँदै गरेको ना१ज २१९६ नम्बरको जिप मंगलबार दिउँसो पौने २ बजे बुढ्ढा नजिकै दुर्घटना भएको छ ।

जिल्ला प्रहरी कार्यालय बैतडीका प्रहरी कार्यालय बैतडीका प्रवक्ता प्रहरी निरीक्षक जनकबहादुर धामीका अनुसार दुर्घटनामा ५ जनाको घटनास्थलमै मृत्यु भएको छ । 

दुर्घटनामा ५ जना घाइते भएका छन् । उनीहरुलाई उपचारका लागि जिल्ला अस्पताल ल्याएको छ । घाइते तथा मृतकको पहिचान नखुलेको प्रहरीले जनाएको छ । चालक भने फरार रहेका छन् । यस सम्बन्धमा थप अनुसन्धान भैरहेको प्रहरीले बताएको छ । 

प्रकाशित : ९ मंसिर २०७७, मंगलबार