Logo

अर्थ

सेयर बजारमा १५.४४ अंकको वृद्धि, २ अर्ब ९३ करोडको कारोबार



काठमाडौं । आज सेयर बजार दोहोरो अंकले बढेको छ । नेप्से परिसूचक १५.४४ अंकले बढेर २,५३८ को विन्दुमा कायम भएको छ ।

आज १९३ कम्पनीको सेयर मूल्य बढेको छ भने ७५ कम्पनीको मूल्य घटेको छ ।

आज २ अर्ब ९३ करोडको सेयर कारोबार भएको छ । आज सबैभन्दा धेरै सानिमा मिडिल तमोरको सेयर कारोबार भएको छ । यस कम्पनीको १४ करोड १७ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

आज सबैभन्दा धेरै माथिल्लो मौलुङ खोलाका लगानीकर्ताले कमाएका छन् । यस कम्पनीका लगानीकर्ताले १०.२३ प्रतिशतका दरले कमाएका छन् । आज सबैभन्दा धेरै एनएमबि इनर्जी बोन्ड २०९३-९४ का इकाईधनीले गुमाएका छन् । यसका इकाईधनीले ५.८१ प्रतिशतका दरले गुमाएका हुन् ।

प्रकाशित मिति : १७ भाद्र २०८३, बुधबार १५:१६   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।