काठमाडौं । मञ्जुश्री फाइनान्स लिमिटेडले बाढी तथा पहिरो प्रभावित नागरिकको राहत तथा उद्धारका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले विपद्का कारण प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरेको जनाएको छ। सामाजिक उत्तरदायित्वअन्तर्गत गरिएको यो सहयोगले विपद्को समयमा प्रभावित समुदायलाई राहत पुर्याउन योगदान पुग्ने कम्पनीको विश्वास छ।
मञ्जुश्री फाइनान्सले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु आफ्नो सामाजिक उत्तरदायित्व भएको उल्लेख गर्दै राहत तथा उद्धार अभियानमा सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।
















प्रतिक्रिया