चर्चित सङ्गितकार सर्जक तथा गायक सन्तोस केसी एउटा नेपाली गित सङ्गितका एउटा अब्बल र इमान्दार मेहनती कलाकार हुन् । हरेक गितहरुमा नयाँ पन खोज्ने र दर्शक श्रोताको मन जित्न माहिर मानिन्छन् ।
मौलिकतालाई बचाई राख्ने विचारका सन्तोस केसी हरेक बिधाका गित सङ्गीत सिर्जना गर्ने गर्छन् गाउँ घर तिर गुन्जिने लोक भाका, चुड्का, पन्चे बाजा, ख्याली, धार्मिक, आधुनिक मिलन बिछोड र जिबन्त गितहरुको सिर्जना गरि सकेका सन्तोसले अहिले एल्बम समुन्द्र २ बाट”हे माया” ‘ बोलको गित सर्बजनिक गरेका छन् ।
आफ्नै जिवन संगिनी सुस्मा अधिकारीको शब्द रचनामा अत्यन्तै कर्णप्रिय शब्द सन्तोष केसीले संगित भरेका छ्न् । जस्मा कमल सौरगको अरेन्ज रहेको छ भने आधुनिक क्षेत्रका लोकप्रिय गायक प्रमोद खरेलको आवाज रहेको छ ।
निर्देशन तथा सम्पादन क्रान्ति केसीको छ भने छायांकन अजय रेग्मीको रहेको छ । चर्चित नायिका सिल्पा पोख्रेल, विक्रम बुढाथोकी तथा राज थापाको अभिनय रहेको छ बजार ब्याबस्थापन एस एस डिजिटलले गरेको छ ।
प्रतिक्रिया