Logo

अर्थ

‘नबिल डिबेञ्चर-२०९३’ निष्कासनका लागि बिक्री प्रबन्धक नियुक्त



काठमाडौं । नबिल बैंकले ५.५ प्रतिशतको नबिल डिबेञ्चर २०९३ नामक ऋणपत्र निष्कासनका लागि बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल लाई नियुक्त गरेको छ ।

मंगलबार भएको सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली र ग्लोबल आईएमई क्यापिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मन्दीप लुइँटेलले हस्ताक्षर गरे ।

बैंकले प्रतिऋणपत्र १ हजार अंकित मूल्य कायम गरी १० वर्ष अवधिको वार्षिक ५.५ प्रतिशत ब्याजदर रहेको ४० लाख कित्ता ऋणपत्र निष्कासन गर्नेछ । कुल ४ अर्ब बराबरको ऋणपत्र जारी गर्न लागिएको हो । जसमध्ये २४ लाख कित्ता अर्थात् २ अर्ब ४० करोड रुपैयाँको ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गरिनेछ ।

साथै १६ लाख कित्ता (५ प्रतिशत अर्थात् ६५ हजार कित्ता सामुहिक लगानी कोष समेतलाई) ऋणपत्र सार्वजनिक निष्कासनबाट बिक्री गरिने बैंकले जनाएको छ।

नबिल बैंक निजी क्षेत्रको एक अग्रणी वाणिज्य बैंक हो । बैंकले २६ लाखभन्दा बढी ग्राहकलाई देशभर रहेका २६३ शाखा सञ्जाल र ३१५ एटीएम मेसिनमार्फत सेवा प्रदान गर्दै आएको छ ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १०:४०   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।