Logo

अर्थ

सुनको मूल्यमा भारी वृद्धि, कतिमा हुँदैछ कारोबार?



काठमाडौं । आज सुनचाँदीको मूल्यमा भारी वृद्धि भएको छ । आज सुन प्रतितोला ७ हजार ६ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे हो ।

आज सुनको मूल्य प्रतितोला ३ लाख ४ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ । हिजो नेपाली बजारमा सुन प्रतितोला २ लाख ९७ हजार ३ रुपैयाँमा कारोबार भएको थियो ।

आज चाँदी प्रतितोला १४५ रुपैयाँले बढेको हो । आज चाँदी ४ हजार ७२५ रुपैयाँमा कारोबार भईरहेको छ । हिजो चाँदी प्रतितोला ४ हजार ५८० रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार ११:२३   :  बजे

507
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।