Logo

अर्थ

लक्ष्मी सनराइज बैंकद्वारा बाढी पीडितका लागि तीन करोड २४ लाख सहयोग



काठमाडौं । लक्ष्मी सनराइज बैंकले भोटेकोशीमा आएको हालैको बाढीबाट प्रभावित परिवार तथा समुदायको राहत र पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ३ करोड २४ लाख रुपैयाँ सहयोग गरेको छ।

बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायत जिल्लामा ठूलो जनधनको क्षति भएको छ। विपद्का कारण घरपरिवार, जीविकोपार्जनका साधन तथा अत्यावश्यक पूर्वाधारसमेत प्रभावित भएका छन्।

तत्कालीन उद्धार तथा राहतका काम क्रमशः पुनःस्थापना र पुनर्निर्माणतर्फ अघि बढिरहेका बेला प्रभावित समुदायलाई दीर्घकालीन सहयोग आवश्यक रहेको बैंकले जनाएको छ।

बैंकका अनुसार उक्त सहयोगबाट बाढी प्रभावित परिवार तथा समुदायलाई सामान्य जीवनमा फर्किन र पुनर्निर्माणका काम अघि बढाउन भइरहेका सामूहिक राहत तथा पुनःस्थापना प्रयासमा योगदान पुग्नेछ।

बैंकले विपद्का कारण आफन्त, घर तथा जीविकोपार्जन गुमाएका परिवारप्रति गहिरो समवेदना व्यक्त गरेको छ। साथै, विपद्का बेला उद्धार, राहत तथा व्यवस्थापनमा खटिएका सरकारी तथा सुरक्षा निकाय, उद्धारकर्मी, राहतकर्मी, स्वयंसेवक र स्थानीय समुदायप्रति सम्मान व्यक्त गरेको छ।

लक्ष्मी सनराइज बैंकले विपद् तथा कठिन परिस्थितिमा समुदायसँगै उभिँदै आएको उल्लेख गर्दै आगामी दिनमा पनि प्रभावित समुदायको पुनःस्थापना, पुनर्निर्माण तथा विपद् प्रतिरोधात्मक क्षमता अभिवृद्धिका प्रयासमा सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ।

 

प्रकाशित मिति : १८ भाद्र २०८३, बिहीबार १९:२२   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।