Logo

आजको तस्बिर

कुशे औँसी: गोकर्णेश्वर महादेव मन्दिरमा तर्पण र पिण्डदान गर्ने भक्तजनको घुइँचो (तस्विरहरु)



काठमाडौं । भाद्र कृष्ण औँसी अर्थात् कुशे औँसी तथा बाबुको मुख हेर्ने दिनको अवसरमा आज काठमाडौंको ऐतिहासिक गोकर्णेश्वर महादेव मन्दिर परिसरमा भक्तजनको ठूलो घुइँचो लागेको छ ।

विशेषगरी दिवङ्गत बाबुको स्मरणमा तर्पण, पिण्डदान तथा सिदादान गर्न बिहानैदेखि देशका विभिन्न भागबाट आएका श्रद्धालुहरूको मन्दिर परिसरमा लामो लाइन लागेको छ । काठमाडौंको उत्तरपूर्वी भेगमा अवस्थित यस तीर्थस्थललाई ‘उत्तरगया’का रूपमा समेत पुजिने भएकाले आजको औँसीलाई ‘गोकर्णे औँसी’ पनि भन्ने गरिन्छ ।

धार्मिक मान्यताअनुसार गोकर्णेश्वर मन्दिर परिसरमा गएर तर्पण तथा पिण्डदान गर्नाले पितृहरूले मोक्ष प्राप्त गर्छन् र २१ पुस्तासम्मका पितृ उद्धार हुने जनविश्वास छ । भक्तजनहरू मन्दिर नजिकै रहेको बागमती नदी किनारमा स्नान गरी बाबुको आत्मशान्तिका लागि विधिपूर्वक श्राद्ध तथा दान–दक्षिणा गरिरहेका छन् ।

तस्विरहरु:

प्रकाशित मिति : २६ भाद्र २०८३, शुक्रबार १०:२२   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।