Logo

पत्रपत्रिका

नेपाली कांग्रेस प्रतिपक्ष नभई संविधान कार्यान्वयनको प्रमुख पक्ष हो : गगन थापा



नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा युवा नेता गगन थापाले सरकारले जनताका आधारभूत कुरा पनि सम्बोधन गर्न नसकेको आरोप लगाएका छन् ।

नेपाली कांग्रेस जिल्ला कार्य समिति इलामले गरेको अन्तरक्रिया कार्यक्रममा उनले यस्तो आरोप लगाएका हुन् । उनले देशमा दण्डहिनता बढेको तर पनि सरकारले जनतालाई शान्ति सुरक्षाको प्रत्याभूति दिलाउन नसकेको बताए । उनले देशमा महँगी, भ्रष्टाचार र चोरीका घटना भइरहँदा पनि सरकारले फटाहालाई कारबाही गर्न नसकेको बताए ।

नेपाली कांग्रेसले हालको व्यवस्था ल्याउन र राज्य पूनर्संरचनामा लैजान प्रमुख भूमिका खेले पनि दलहरुको वैचारिक सिद्धान्त त्यागका कारण कांगे्रस बाहिर बस्नु परेको बताउँदै उनले कार्यकर्तालाई निराश नहुन आग्रह गरे ।

नेपाली कांग्रेस प्रतिपक्ष नभई संविधान कार्यान्वयनको प्रमुख पक्ष भएको धारणा राख्दै उनले सरकारका गल्ति सुधार्न कांग्रेस सधै खरो रुपमा प्रस्तुत हुने बताए । यो समाचार कारोबारमा प्रकाशित छ ।

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ३ : ४९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।