Logo

प्रमुख समाचार

जनताको भावना बोकेको पशुपति शर्माकोगीतले दुइतिहाइको सरकार हल्लीयो : केसी



राजनीतिक विश्लेषक प्रा. डा. सुरेन्द्र केसीले वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारको एक वर्षे कार्यकालमा जनताले कुनै किसिमको नतिजा नपाएको आरोप लगाए ।

बुधबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘कुनै पार्टीसँग नजोडिएका पशुपति शर्माले जनताको भावना बोकेको गीत गाउँदो यो सरकार डरायो, पछिल्लो ५६ घण्टा त शर्माको गीतले नेपाल तातेको छ ।

उनले गाएको गीत धेरै कुरा जनताको भावनाको दर्पण हो ।’ ओली सरकार एउटा गीतको पछाडि लाग्नु भनेको अराजकता देखाउनु भएको पनि उनले टिप्पणी गरे ।

डा. केसीको व्यंग्य : ‘निर्मला हत्या प्रकरणमा प्रहरीले कुन दिन मेरो डिएनए टेष्ट गरिदिन बेर छैन’ राष्ट्रपति धेरै महँगो भएको कुरा गीतमा समावेश हुँदा के नराम्रो भयो त ? भन्दै उनले प्रश्न तेर्साए । फरक प्रसँगमा उनले नेपालमा राजा आउने वा नआउने भन्ने कुरा त्यसै भन्न नसक्ने बताए ।

उनले भने,‘आउने कुरालाई म महत्व दिन्न । अहिले भएको विसंगतिको कारणले गर्दा केही नेताहरु राजसंस्थाको कित्तामा पुगेका छन् । तर तिनीहरु असली राजावादी होईनन् । राजाको नाम भजाएर खाने धेरै छन् ।’

नेपालको आन्तरिक कारणले राजसंस्था आउनै नसक्ने उनको ठोकुवा छ । तर, बाहृय कारणले राजसंस्था आयो भने कसैले रोकेर पनि रोक्न नसक्ने उनले दाबी गरे । उनले भने,‘हाम्रो देशमा अहिलेपनि राजा छाती फुलाएर हिँडिरहेका छन् । नेपाली जनताको कति उदार मन छ ।

राजा तथा महाराजाहरुले यो देशमा धेरै गरेका रहेछन् । यो देश जोड्ने तन्तु भनेको नै पहिलो कुरा राजा हो, दोस्रो नेपाली भाषा र तेस्रो हिन्दू धर्म हो ।’

प्रकाशित मिति : फाल्गुन ८, २०७५ बुधबार  ११ : ३७ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।