Logo

प्रमुख समाचार

सिटौला समूहका विद्यार्थीद्वारा देउवा–निधिमाथि आक्रमण



नेपाली कांग्रेसका उपसभापति विमलेन्द्र निधिमाथि कांग्रेसको भातृसंगठन नेपाल विद्यार्थी संघका कृृृृष्ण प्रसाद सिटौला समूहका केही कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका छन् ।कांग्रेसको केन्द्रीय समिति बैठकमा सहभागी हुन केन्द्रीय कार्यालय सानेपा पुगेका निधिलाई विद्यार्थी कार्यकर्ताले ‘दुर्व्यवहार’ गरेका हुन् ।

कांग्रेस पूर्वमहामन्त्री कृष्ण सिटौला समूहका विद्यार्थीले निधिमाथि त्यस्तो ‘हर्कत’ गरेका छन् । विद्यार्थीले सहमहामन्त्री डा‍. प्रकाशशरण महतले आफूहरुमाथि हात हालेको आरोप पनि लगाएका छन् ।सानेपाबाहिर जम्मा भएका विद्यार्थीले नेताहरुलाई बैठक प्रवेशमा अवरोध गरेका थिए ।

अवरोधकाबीच प्रहरीले नेताहरुलाई बैठकस्थल पुर्‍याएको छ । निधिका सुरक्षा गार्डले विद्यार्थीलाई हटाएर नेताहरूलाई भित्र पठाएका छन् ।पूर्वमहामन्त्री सिटौला, केन्द्रीय सदस्य गगन थापा र प्रदीप पौडलको उक्साहटमा सानेपा पुगेका विद्यार्थीले नारावाजी र अवरोध गरेको कांग्रेसका एक नेताले जनाएका छन् ।

बैठकमा सहभागी हुन सानेपा पुगेका सभापति शेरबहादुर देउवालाई समेत विद्यार्थीले अबरोधको प्रयास गरेका थिए ।
नेविसङ्घका कारण कांग्रेसमा आन्तरिक किचलो बढिरहेको छ । नेविसङ्घको वर्तमान केन्द्रीय कार्यसमितिको थपिएको पदावधि यही माघ २ गते समाप्त भइसकेको छ ।

सङ्घको वर्तमान कार्यसमिति २०७३ भदौ २ गते दुईवर्षे कार्यकालका लागि निर्वाचित भएको थियो । अध्यक्ष नैनसिंह महरले राजीनामा दिइसकेका छन् । पार्टीले नेविसंघको तदर्थ समिति बनाउने तयारी गरेको छ ।

यसअघिका बैठकमा अधिकांश नेताहरुले सङ्घको आगामी महाधिवेशन गर्न नयाँ तदर्थ समिति बनाउनुपर्ने धारणा राखेको र सोहीअनुसार तयारी भइरहेको एक केन्द्रीय सदस्यले जानकारी दिए ।सङ्घको विधानमा हाल उम्मेदवार बन्न ३२ वर्षे उमेर हदको व्यवस्था छ । यो प्रावधान आगामी महाधिवेशनबाट लागु हुने र नयाँ बन्ने तदर्थ समितिलाई लागु नहुने केही नेताहरुको तर्क छ ।

प्रकाशित मिति : फाल्गुन ९, २०७५ बिहीबार  ३ : ०० बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।