Logo

प्रमुख समाचार

राजनीतिक विश्लेषक भरत दाहाल मोरङबाट पक्राउ



काठमाडौं । राजनीति विश्लेषक भरत दाहाल मोरङको बेलबारीबाट पक्राउ परेका छन् । उनलाई आइतबार बिहान मोरङको बेलबारीबाट पक्राउ गरिएको मोरङ प्रहरीले जनाएको छ ।

दाहालविरुद्ध मोरङमा कुनै उजुरी छैन । उनी पछिल्लो समय बालेन शाह सरकारकाविरुद्ध सार्वजनिक रूपमा बोलिरहेका थिए ।

साइबर ब्युरोमा परेको उजुरीका आधारमा दाहाललाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

दाहाललाई आजै काठमाडौं पठाइने प्रहरीको भनाइ छ । दाहालविरुद्ध ब्युरोले काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति लिएको थियो ।

प्रकाशित मिति : ४ आश्विन २०८३, आईतवार १२:२१   :  बजे

126
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।