Logo

अर्थ

सिद्धार्थ बैंकले बोलायो साधारणसभा, २० प्रतिशत लाभांश पारित गर्ने



काठमाडौं । सिद्धार्थ बैंकले साधारणसभा बोलाएकाे छ । बैंकले असोज २८ गते बुधबार आर्मी अफिसर्स क्लब भद्रकालीमा २५औँ वार्षिक साधारणसभा बोलाएको हो ।

साधारण सभामा गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने घोषणा गरेको लाभांश पारित गर्ने प्रस्ताव रहेको छ । सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थसहित १० प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्ने भएको छ ।

अविमोच्य असञ्चिति अग्राधिकार शेयरधनीहरुलाई १३६ दिनको समानुपातिक रूपमा ८.२५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्ताव सभामा गरिने भएको छ ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ बैंकले असोज १६ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ । असोज १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार १२:४६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।