Logo

अर्थ

रासायनिक मल आपूर्ति गर्न अर्थ मन्त्रालयबाट १० अर्बको स्रोत सहमति



काठमाडौं  । सरकारले आगामी खेती याममा किसानलाई रासायनिक मलको अभाव हुन नदिन खरिद प्रक्रिया अघि बढाउने तयारी गरेको छ।

आगामी यामका लागि आवश्यक रासायनिक मल खरिद गर्न अर्थ मन्त्रालयबाट १० अर्ब रुपैयाँ बराबरको स्रोत सहमति प्राप्त भएको कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीको सचिवालयले जनाएको छ।

स्रोत सुनिश्चित भएसँगै उक्त रकमबाट आवश्यक मल खरिदका लागि टेन्डर आह्वान गर्ने प्रक्रिया अघि बढाइने भएको छ।

किसानले खेती गर्ने समयमा मल अभाव व्यहोर्न नपरोस् भन्ने उद्देश्यले समयमै खरिद तथा आपूर्ति व्यवस्थापन गर्न मन्त्री चौधरीले सम्बन्धित निकायलाई निर्देशन दिएकी छन्।

मन्त्रालयले मल खरिद र आपूर्ति व्यवस्थापनलाई प्राथमिकतामा राखेर प्रक्रिया अघि बढाउने जनाएको छ।

 

प्रकाशित मिति : ६ आश्विन २०८३, मंगलवार २१:२७   :  बजे

21
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।