काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनलले आगामी असोज २८ गते २०औं वार्षिक साधारणसभा बोलाएको छ। बैंक सञ्चालक समितिको बैठकले साधारणसभाको मिति तय गरेको हो।
साधारणसभामा आर्थिक वर्ष २०८२÷८३ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदनसहित बैंक तथा सहायक कम्पनीको एकीकृत वित्तीय विवरण, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण छलफल गरी पारित गर्ने प्रस्ताव रहेको छ।
साधारणसभाले साधारण सेयरधनीलाई चुक्ता पुँजीको ३.८० प्रतिशत बोनस सेयर वितरण प्रस्ताव पारित गर्नेछ। यस्तै, बैंकले साधारण सेयरधनीलाई कर प्रयोजनसहित चुक्ता पुँजीको ०.२० प्रतिशत नगद लाभांश वितरण प्रस्ताव पनि गरेको छ।
विशेष प्रस्तावतर्फ बैंकको प्रबन्धपत्र संशोधन गर्ने तथा जारी र चुक्ता पुँजी वृद्धि प्रस्ताव रहेका छन्। प्रबन्धपत्र संशोधनका क्रममा सम्बन्धित नियामक निकायबाट प्राप्त हुने निर्देशनअनुसार आवश्यक थपघट तथा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्तावसमेत साधारणसभामा पेस हुनेछ।
बैंकले वार्षिक साधारणसभा तथा प्रस्तावित लाभांशका लागि असोज १९ गते बुक क्लोज गर्नेछ।

















प्रतिक्रिया