Logo

प्रमुख समाचार

क्यान्सर पीडितलाई गुल्मी कांग्रेसको सहयोग



नेपाली कांग्रेस गुल्मीले एक क्यान्सर पीडितलाई आर्थिक सहयोग गरेको छ । जिल्लाको छत्रकोट गाउपालिका वडा नं. ४ दिगाम निवासी त्रिलोचन केसीका १२ बर्षिय छोरा निशान केसीको उपचारका लागि नेपाली कांग्रेस गुल्मीको तर्फबाट जिल्ला सचीव खिलध्वज पन्थीले २५ हजार रुपैयाँ आर्थीक सहयोग हस्तान्तरण गरेका हुन ।

सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै सचीव पन्थीले यो सहयोग पार्टीको सुरुवाती चरण भएकोले बालकको जीवन रक्षाको लागि आगामी दिनमा पनि हरेक तहबाट सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सहयोगका लागि स्थानीय तहमा नेपाली कांग्रेस पार्टी र भातृ संस्था, नेता तथा कार्यकर्ता सबैलाई आग्रह समेत गरेका छन ।

नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य तथा छत्रकोट गाउँपालिकाका छाँया सरकार प्रमुख अनन्तराम पौडेलले बालकको उपचारका लागि गाउँपालिका तहबाट नेपाली कांग्रेस र आवद्ध सदस्यहरुबाट भएको सहयोगका बारेमा जानकारी गराएका थिए । गाउँपालिकाले ब्यक्तिगत आर्थिक लाभको लोभमा “होल बोडि जाँच र अनावश्यक तथा योजनाबिहिन कार्यक्रम सन्चालन गर्ने तर संवेदनशिल रोगका बिरामीको उपचारका लागि सहयोगको अनुरोध गर्दा बेवास्ता गर्नु अत्यन्तै दुःखद कुरा भएको बताए ।

उनले आगामी दिनमा जनप्रतिनिधिको यसतर्फ ध्यान जाने बिश्वास लिदै स्वास्थ क्षेत्र जस्तो संवेदनशिल काममा योजनाबिहिन ढंगले हिड्न नहुने कुरामा जोड दिए । आफ्नो छोराको उपचारका लागि हालसम्म उपचारको क्रममा १२ लाख रुपैया खर्च भैसकेको र गाउपालिकामा सहयोगका लागी अनुरोध गरे पनि नपाएको गुनासो बालकका बुवा त्रिलोचन केसीले गरे ।

हालसम्म पीडित बालक निशान केसीको उपचारका लागी नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पुर्ब सांसद डा. चन्द्र भण्डारी र धाचानन्द कंडेल मार्फत १ लाख एक हजार नगद तथा अस्पतालमा अप्रेसनका क्रममा लागेको औषधीको उपचारमा लागेको रकम छुट गर्ने काम भएको, नेपाली कांग्रेस गुल्मीको तर्फबाट २५ हजार र स्थानीय समाजसेवी तथा आफन्तबाट उठेको र ऋण लिएको रकमबाट अहिलेसम्मको उपचार गरिएको जानकारी पीडितका बुवा त्रिलोचन केसीले बताए ।

साथै बालकको थप उपचारका लागि सहयोग गरिदिन बालकको परिवारले सबैसँग अपिल समेत गरेको छ ।हस्तान्तरण कार्यक्रममा नेपाली कांग्रेस जिल्ला सदस्य प्रकाश भलामी, नेपाल प्रेस युनियन गुल्मीका अध्यक्ष रेशम कुवर, नेबि संघ गुल्मीका उपाध्यक्ष रामजी पन्थी,हर्दिनेटाका पार्टी सभापति धातानन्द भुसाल ,दिगामका पुर्ब पार्टी सभापति मोहन कंडेल, उपसभापति पशुपति कंडेल ,नेपाल महिला संघ दिगामका सभापति राधिका कंडेल र नेबि संघका जिल्ला सदस्य सन्तोष भण्डारि लगायतका ब्याक्तिहरुको सहभागिता रहेको थियो ।

प्रकाशित मिति : फाल्गुन १०, २०७५ शुक्रबार  २ : ४३ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।