काठमाडौं । डिजिटल वालेट इसेवाले जात्रा पर्वलाई सुरक्षित बनाउन ‘जात्रा केयर’ बीमा योजना सार्वजनिक गरेको छ। हिमालयन एभरेस्ट इन्स्योरेन्ससँगको सहकार्यमा ल्याइएको योजना १० मै खरिद गर्न सकिनेछ।
असोज ७ गतेदेखि असोज १३ गतेसम्म सात दिन लागू हुने योजनाले जात्रा मनाउने क्रममा हुन सक्ने आकस्मिक दुर्घटनाबाट उत्पन्न आर्थिक जोखिम न्यूनीकरणमा सहयोग गर्ने इसेवाले जनाएको छ।
योजनाअन्तर्गत कुल २ लाख ३० हजार रुपैयाँसम्मको सुरक्षा प्रदान गरिनेछ। जसमा दुर्घटना बीमाबापत २ लाख २० हजार रुपैयाँ र अस्पताल खर्च सहायताबापत १० हजार रुपैयाँको सुविधा रहेको छ। जात्राका क्रममा हुने भीडभाड तथा आवतजावतका कारण आकस्मिक दुर्घटनाको जोखिम रहने भएकाले त्यस्ता घटनाबाट उत्पन्न आर्थिक भार कम गर्न ‘जात्रा केयर’ उपयोगी हुने इसेवाले जनाएको छ।
बीमा योजना इसेवा एपमार्फत सहजै खरिद गर्न सकिनेछ। इसेवाले जात्रा पर्वलाई सुरक्षित, मर्यादित र उल्लासमय रूपमा मनाउन सबैलाई सचेत रहन आग्रह गर्दै योजनाको लाभ लिन अनुरोध गरेको छ।



















प्रतिक्रिया