काठमाडौं । मितेरी डेभलपमेन्ट बैंकले आर्थिक वर्ष २०८२/८३ का लागि लाभांश घोषणा गरेको छ।
बैंक सञ्चालक समितिको बैठकले उक्त आर्थिक वर्षको मुनाफा र सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी १ अर्ब २१ करोड ७१ लाख रुपैयाँको कुल ११ प्रतिशत लाभांश वितरण गर्ने निर्णय गरेको हो। जसमा ५ प्रतिशत बोनस शेयर र ६ प्रतिशत नगद लाभांश (करसहित) छन्।
प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरी वितरण गरिने बैंकले जनाएको छ।



















प्रतिक्रिया