Logo

प्रमुख समाचार

विपद्का कारण सञ्चारमन्त्री तिमिल्सिनाको दक्षिण कोरिया भ्रमण स्थगित



काठमाडौं । बाढी, पहिरो र वर्षाका कारण सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले दक्षिण कोरियाको भ्रमण स्थगित गरेका छन्।

सिओलमा आयोजना हुने ‘ग्लोबल आईसीटी लिडरसिप फोरम’मा सहभागी हुने कार्यक्रम तय भए पनि मुलुकका विभिन्न क्षेत्रमा देखिएको विपद्लाई ध्यानमा राख्दै भ्रमण स्थगित गरिएको मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार विपद् प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्य र सञ्चार सेवा पुनःस्थापनालाई प्राथमिकता दिन भ्रमण स्थगित गरिएको हो।

प्रकाशित मिति : १३ आश्विन २०८३, मंगलवार २०:३३   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।