काठमाडौं। बाँकेको नेपालगन्जस्थित एक होटलबाट ८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ परेका छन्।
लागूऔषध नियन्त्रण ब्युरोको टोलीले भारतका रिजवान अहमद इदरीशी, माज अहमद र रफत खानलाई पक्राउ गरेको हो।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनसँगै दुई थान मोबाइल फोन र भारतीय नम्बर प्लेटको स्कुटीसमेत बरामद भएको छ।
पक्राउ परेकाहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।



















प्रतिक्रिया