Logo

बिजनेस

एनआई सी एशियाबोनस शेयर सूचिकृत



एनआई सी एशिया बैंक लिमिटेडको मिति २०७५-९-४ मा बसेको २१ औं साधारणसभाबाट पारित १० प्रतिशत बोनस शेयर संख्या ८०,३१,११७ कित्ता शेयर मिति २०७५-११-९ नेपाल स्टक एक्सचेन्जमा सूचिकृत भएको छ ।

सोपश्चात् बैंकको जारी तथा चुक्ता पूँजी रु. ८,८३४,२२८,६९८ रहेको छ । बैंकको केही शेयर अझै अभौतिकरण भइनसकेको परिप्रेक्ष्यमा उक्त शेयरहरू अभौतिकी करण गर्न बैंकले शेयरधनी महानुभावहरूमा आग्रहसमेत गरिएको छ ।

बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा यस बैंकको मुलुकभर २७७ शाखाकार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्स्टेन्सन काउण्टर एवं २३ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।

बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचानबनाउन सफलभइसकेको छ ।

हाल यस बैंकमाग्राहकको संख्याकरिब १४ लाख ५० हजाररहेको छ । साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । बैंकले हरेक सम्भावितबजार क्षेत्रमा आफ्नाग्राहकलाई सेवाउपलब्ध गराउने अभिप्रायले अन्यविभिन्न स्थानहरुमा चाँडै नै थपशाखा÷ ए. टि. एम. विस्तारित काउण्टर, शाखा रहित बैंक सेवा लगायतकामार्फत आफ्नो उपस्थिती थप मजबुत बनाउने योजना अगाडि सारेको छ ।

प्रकाशित मिति : फाल्गुन १३, २०७५ सोमबार  ४ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।