Logo

अर्थ

एनएलजी इन्स्योरेन्सको सीईओमा पन्त पुनः नियुक्त



काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा पुनः सुनिल बल्लभ पन्त नियुक्त भएका छन् ।

कम्पनीको सञ्चालक समितिको मिति २०८३ असोज १६ गते शुक्रबार बसेको बैठकले पन्तलाई आगामी चार वर्षका लागि पुनः प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

सीईओ पन्तको पहिलो पदावधि २०८३ असोज २३ गते समाप्त हुन लागेको थियो ।

सञ्चालक समितिको निर्णयअनुसार उनको नयाँ कार्यकाल मिति २०८३ असोज २४ गतेदेखि सुरु भई २०८७ साल असोज २३ गतेसम्म रहनेछ।

प्रकाशित मिति : २० आश्विन २०८३, मंगलवार ११:२६   :  बजे

9
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।