Logo

प्रमुख समाचार

कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित, सहमति जुटाउन अधिकतम प्रयास गरिने



नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक स्थगित भएको छ । मंगलबार पार्टी केन्द्रीय कार्यालय, सानेपामा बोलाइएको केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो । निर्वाचन समिति र अनुशासन समिति गठनका लागि बोलाईएको बैठकमादुवै समिति गठनमा सहमति जुट्न नसकेपछि स्थगित गरिएको हो ।

पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले अधिकतम सहमति जुटाउन थप समय आवश्यक रहेकाले आज बोलाइएको बैठक स्थगित गरिएको जानकारी गराए ।मंगलबार पार्टी सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौलाबीच दुवै समिति गठनमा अधिकतम सहमति जुटाउन प्रयास गर्ने सहमति भएपछि केन्द्रीय कार्य समिति बैठक स्थगित गरिएको हो ।

आइतबार बहुमतको आधारमा विधान पारित भएपछि वरिष्ठ नेता पौडेल र नेता सिटौला पक्ष सभापति देउवासँग चिढिएका थिए । दुवै पक्षले सहमतिको आधारमा दुवै समिति गठन नगरे केन्द्रीय कार्य समिति बैठक बहिष्कार गर्ने चेतावनी दिएपछि कांग्रेस केन्द्रीय कार्य समितिको आज बोलाइएको बैठक अन्तिम समयमा आएर स्थगित गरिएको छ ।

शीर्ष तहको बैठकमा सभापति देउवाले निर्वाचन समिति र अनुशासन समिति गठन कार्यलाई सर्वसम्मतिमै टुंग्याउने प्रतिवद्धता जनाएका थिए ।प्रवक्ता शर्माले पार्टीको निर्णयलाई सहमतिकै आधारमा अघि बढाउन आवश्यक गृहकार्य गरेपछि केन्द्रीय कार्य समितिको अर्को बैठक बोलाउने पनि जानकारी दिए ।

प्रकाशित मिति : फाल्गुन १४, २०७५ मंगलबार  २ : ०९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।