नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले जनताले चाहेको गतिमा सरकारले काम गर्न नसकेको भन्दै सरकारको कार्यशैलीप्रति असन्तुुष्टि जनाएका छन्।
‘जुन गतिमा विकास निर्माण होला। फटाफट काम होला। भ्रष्टहरूमाथि छिटोछिटो कारबाही होला। सुशासन होला भन्ने सोचेको हो त्यसो नभएको गुनासो छ,’ दाहालले भने, यसबारे प्रधानमन्त्रीसँग कुराकानी पनि भइराखेको छ।’
गोरखाको सुलिकोट गाउँपालिकामा ‘जनयुद्ध’का प्रथम सहिद दिलबहादुर रम्तेलको स्मृतिमा मंगलबार आयोजित कार्यक्रममा अध्यक्ष दाहालले दुई तिहाइको सरकारले गरेका कामप्रति जनताले प्रश्न उठाएको बताए।
चुनावका बेला मासिक पाँच हजार सामाजिक सुरक्षा भत्ता पुर्याउने भने पनि त्यो पूरा गर्न नसकेकोमा अध्यक्ष दाहालले आत्मालोचना गरे।
प्रतिक्रिया