नेपालका प्रथम पूर्व राष्ट्रपति डा रामवरण यादवले कानून निर्माणमा हतार नगर्न सरकारलाई आग्रह गगरेका छन् ।आज ललितपुरमा सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा रामकृष्ण तिमिल्सिनाद्धारा लिखित पुस्तक ‘अदालत भित्र, अदालत बाहिर’ को विमोचन गर्दै उनले सरकारले न्यायालयमाथि हस्तक्षेप गर्न नहुने स्पस्ट पारे ।
न्यायालय भित्र धेरै सुधारको आवश्यक्ता औंल्याउदै पूर्व राष्ट्रपतिले कानून निर्माणका लागि आवश्यक बहस गर्ने काममा न्यायालय केन्द्रित नभए लोकतन्त्र संकटमा पर्न सक्ने भन्दै चिन्ता व्यक्त गरे ।
पूर्व राष्ट्रपति यादवले राजनीतिक दललाई सहमत बनाउन नसकेको तथा कठिन र तरल अवस्थामा पनि अर्को संविधानसभाबाटै जनतालाई संविधान दिनुपर्ने बाध्यताका कारण तत्कालिन बहालवाला प्रधानन्यायाधीशलाई सरकार प्रमुख बनाउनु परेको सम्झना गर्दै आफूले राजनीति गर्दा नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री हुने लक्ष्य राखेको तर राष्ट्रपति हुने अपेक्षा कहिल्यै नगरेको बताए ।
विमोचित पुस्तकका लेखक डा. रामकृष्ण तिमल्सेनाले जीवनलाई विदेशी भाषा सिकाइसँग तुलना गर्दै आफ्नो ब्रह्मले देखेका कुरा लेखेको बताए । राष्ट्रिय मानव अधिकार आयोगका अध्यक्ष एवम् पूर्व प्रधानन्यायाधीश अनुपराज शर्माले पुस्तकका लेखक तिमिल्सिनाको व्यक्तित्वको र उनीद्वारा लिखित पुस्तकबारे प्रकाश पारेका थिए ।
प्रतिक्रिया