एनआई सी एशिया बैंकले पछिल्लो समय विभिन्न ग्राहकमुखी योजना, ग्राहक मैत्री व्यवस्थापन, वस्तु तथा सेवाको उन्न्तगुणस्तर, उपभोक्ता सन्तुष्टि, सुशासन लगायतका अवयवहरुमा केन्द्रितहुदै निजीक्षेत्रबाट सञ्चालित बैंकहरूमध्ये देशको सबैभन्दा ठूलो बैंक बन्न सफलभएको छ ।
यसै सिलसिलामा एनआई सी एशिया बैंकले आफ्नो ग्राहकमहानुभावहरुको सुविधालाई मध्यनजर गर्दै डिजिटल वैंकिङ्ग प्रबिधिमाआएको विकासलाई नयाँ उचाइदिन हाम्रा आदरणीय ग्राहकमहानुभावहरुको सुविधालाई अझ परिस्कृत गर्नेअभिप्रायले बंंैकलेआफ्नो सम्पुर्ण शाखा कार्यालयहरुमा रहेका त्भििभचलाई आधुनिकिकरणगरि “Smart Teller” संञ्चालनमा ल्याएको छ ।
यस “SMART TELLER” मार्फत बैंकका ग्राहकमहानुभावहरूले चेक विना नै आफ्नो Mobile BankingtyfDebit Card प्रयोग गरि काउन्टरबाट रकम झिक्नसक्नुहुनेछ । यस कार्यले डिजिटल बैंकिङ्गको विकासमा बैंकले थपउचाई प्राप्तगर्ने बिश्वास बैंकले लिएको छ ।
बैंकलाई आमजनमानसले गरेको प्रगाढ विश्वास, अगाध स्नेह र बैंक प्रतिको भरोसाले गर्दा मुलुकभर २७७ शाखाकार्यालयहरु, २९० एटिएम, ३९ वटा एक्सटेन्सन काउण्टर एवं २३ वटा शाखा रहित बैंकिङ्ग ईकाई मार्फत बैंकिङ्ग सेवाप्रदानगर्ने मुलुककै सबैभन्दा ठूलो शाखा सञ्जालभएको बैंक हुन सफलभएको छ ।
बैंकको वासलातको आकार रू. २१५ अर्ब भन्दा बढि पुगेको छ भने कुलनिक्षेप करिब रू. १७१ अर्ब पुगिनिजी क्षेत्रबाट स्थापित बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंक तथाकुलकर्जा करिब रू. १४९ अर्ब सहितनिजी क्षेत्रका बैंकहरु मध्ये नेपालको सबैभन्दा ठूलो बैंकको रुपमा बैंकले आफ्नो पहिचान बनाउन सफल भइसकेको छ । हालसम्म यस बैंक माग्राहकको संख्याकरिब १४ लाख ५० हजार रहेको छ ।
साथै संस्थागत सुशासन, जोखिमव्यवस्थापन र आन्तरिक नियन्त्रण प्रणालीको उत्कृष्ट अभ्यासलाई यस बैंकले पालनागर्दै आएको छ । समस्तग्राहक महानुभावहरूलाई उच्चस्तरीय सेवादिँदै आइरहेको यस एनआई सी एशिया बैंक लिमिटेडले ग्राहक महानुभावहरूको सुझावलाई उच्च सम्मानगर्दै बैंकलाई प्राप्त सुझावहरुलाई मध्यनजर गर्दै अगामीदिनहरुमा यस्तै खालका विभिन्न विद्युतिय सेवाहरु ल्याउने योजना राखेको छ ।
प्रतिक्रिया