ताप्लेजुङमा हेलिकप्टर दुर्घट्नामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री रवीन्द्र अधिकारीले ज्यान गुमाएका छन् । उनी सवार हेलिकप्टर दुर्घट्ना हुँदा ७ जनाको आज निधन भएको थियो ।
तेह्रथुमको आठराइ चुहानडाँडास्थित थुम्की डाँडामा बन्न लागेको विमानस्थलको अवलोकनका लागि मन्त्री अधिकारी त्यहाँ पुगेका थिए । उनले कार्यक्रमलाई निकै उत्साहका साथ स्थानीयवासीहरूसँग पनि सम्वाद गरेका थिए । विहान १० बजेतिर कार्यक्रम स्थलमा पुगेका थिए ।
दुर्घटनामा मन्त्री अधिकारी, हेलिकोप्टरका क्याप्टेन प्रभाकर केसी, पर्यटन व्यवसायी आङछिरङ शेर्पा, प्रधानमन्त्रीका निजी सचिव युवराज दाहाल, मन्त्रीका अंग रक्षक अर्जुन घिमिरे, नेपाल नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता वीरेन्द्रप्रसाद श्रेष्ठ र प्राधिकरणकै ध्रुव भोचिभैयाको मृत्यु भएको गृह सचिव प्रेमकुमार राईले जानकारी दिए।
यसैबीच, दुर्घटनास्थलबाट शव काठमाडौं ल्याउनका लागि चार वटा हेलिकोप्टर त्यसतर्फ पठाइएको गृहमन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार नेपाली सेनाका दुई वटा, सिम्रिक र डाइनेस्टी एयरको एक–एक वटा हेलिकोप्टर दुर्घटनास्थलतर्फ पठाइएको छ।
यस्तो छ मन्त्री अधिकारीको अन्तिम सम्बोधन :
“देशैभर बन्द रहेका एअरपोर्ट सञ्चालन भइरहेका छन्। अन्तर्रा्ष्ट्रिय विमानस्थल पनि बनाउँदै छौँ । यहाँ पनि एअरपोर्ट बनाउने हो । म त्यसैका लागि यहाँ आएको छु।”
प्रतिक्रिया