Logo

प्रमुख समाचार

दिवगंत मन्त्री रविन्द्र अधिकारीको जीवनमा कहाँ के भयो पढ्नुहोस् नालीबेली



डाइन्सेटी एअरलाइन्सको हेलिकोप्टर ताप्लेजुङको चुहानडाँडामासंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलगायत सात जनाको निधन भयो । मुलुकवासीले आशा गरेका युवा नेतामध्येका एक हुनुहुन्थ्यो मन्त्री अधिकारी ।

विक्रम संवत् २०२६ वैशाख २२ गतेका दिन आमा लक्ष्मीदेवी अधिकारी र बुवा इन्द्रप्रसाद अधिकारीका जेठा छोराका रुपमा जन्मिएका हुन्, रवीन्द्र अधिकारी । उनले कास्कीको ब्रह्मज्योति प्राथमिक विद्यालयबाट प्राथमिक शिक्षा हासिल गरे भने शान्ति उदय माविबाट एसएलएसी पास गरे । २०४२ सालमा पृथ्वीनारायण क्याम्पसमा भर्ना भई अधिकारीले त्यहाँ प्रविणता प्रमाणपत्र तह र स्नातक तहको पढाई पूरा गरे ।

उनले त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापन संकायमा स्नातकोत्तर गरे । २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष बनेका अधिकारी २०४५ सालमा स्ववियु पृथ्वीनारायण क्याम्पस सदस्य, २०४५ सालमै अनेरास्ववियु कास्की अध्यक्ष भए । २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियु केन्द्रीय सदस्य भएका थिए । पञ्चायती व्यवस्था अन्त्य गर्ने अभियानमा कास्कीले ठूलो भूमिका खेलेको थियो, जसको अग्रपंक्तिमा अधिकारीलगायत युवा थिए । त्यही अभियानमा लागेका बेला २०४६ मा उनी ६ महिनासम्म जेल परे ।

२०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखरा र २०५३ सालमा त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरमा स्ववियु सभापति निर्वा्चित भएका अधिकारी २०५६ सालमा अनेरास्ववियूका केन्द्रीय अध्यक्ष बने । २०५३ सालमै उनी स्ववियु काउन्सिल नेपालका संयोजक उनी निर्वाचित भए। २०४५ सालमा पार्टीको संगठित सदस्यता लिएका अधिकारी २०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित थिए ।

वि.सं. २०४० मा इलाका पार्टी कमिटीमा, २०४६-०४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहे । वि.सं. २०६० र २०६३ मा एमाले कास्की जिल्ला सचिव भएका अधिकारीले पार्टीका विभिन्न जिम्मेवारीमा रहेर काम गरेका थिए । २०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर–३ बाट निर्वाचत भएका अधिकारी संसदमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने नेताहरुमा पर्थे । यो अवधिमा अधिकारीले सार्वजनिक लेखा समितिमा रहेर जलविद्युत, फ्रिक्वेसी, सार्वजनिक संस्थान, बैंक, उद्योग, सेना, विकास खर्च, एमआरपी लगायतका विषयमा विभिन्न उप–समितिमा नेतृत्वदायी भूमिका निभाएका थिए ।

साथै उनले संविधानसभामा राष्ट्रिय हितको संरक्षण समिति र युवाहरुको दबाब समिति निर्माण गरी संविधान निर्माणमा निरन्तर खबरदारी गरेका थिए । २०७० को संविधान सभा निर्वाचनपछि संसदको विकास समितिका सभापतिको जिम्मेवारीमा रहेर अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन सक्रिय भूमिका खेलेका थिए ।

अधिकारीले राष्ट्रिय गौरवका योजनाहरु र अन्य विकास निर्माणका योजनालाई सफल बनाउन सक्रिय भूमिका खेलेका थिए । अधिकारीका संविधान सभा लोकतन्त्र र पुनःसंरचना र समृद्ध नेपाल पुस्तक प्रकाशित गरेका छन् । अधिकारी गतवर्ष गठित केपी ओलीनेतृत्व सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्र बनेका थिए । उनै अधिकारीको निधन ताप्लेजुङको चुहानडाँडामा भएको हेलिकोप्टर दुर्घटनामा भएको छ । अधिकारीलाई हार्दिक श्रद्धाञ्जली ।

प्रकाशित मिति : फाल्गुन १५, २०७५ बुधबार  २ : १९ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।