Logo

प्रमुख समाचार

अर्थमन्त्री स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि नयाँदिल्लीमा



काठमाडौं । अर्थमन्त्री डा। स्वर्णिम वाग्ले तीनदिने भ्रमणका लागि भारतको राजधानी नयाँदिल्ली पुगेका छन्। उनी बिहीबार बिहान १० बजे एयर इन्डियाको नियमित उडानमार्फत नयाँदिल्ली पुगेका हुन्।

दुई सदस्यीय भ्रमण टोलीमा अर्थमन्त्री वाग्लेसँगै उनका प्रमुख स्वकीय सचिव नवीन ढुंगाना सहभागी छन्। नयाँदिल्लीस्थित इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका लागि नेपाली कार्यवाहक राजदूत सुरेन्द्र थापाले उनलाई स्वागत गरेका थिए।

भारतीय टेलिभिजन च्यानल एनडीटीभीले आयोजना गर्ने ‘एनडीटीभी वर्ल्ड समिट २०२६’ मा अतिथि तथा वक्ताका रूपमा सहभागी हुन अर्थमन्त्री वाग्ले भारत पुगेका हुन्।

वाग्ले बिहीबार साँझ समिटअन्तर्गत भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र विदेशमन्त्री डा। एस। जयशंकरको विशेष सम्बोधन सत्रमा अतिथिका रूपमा सहभागी हुने कार्यक्रम छ।

शुक्रबार बिहान सवा ११ बजे समिटअन्तर्गतको आफ्नो सत्रमा सहभागी भएर उनले सम्बोधन गर्नेछन्। ‘निकटताबाट समृद्धि स् भारत–नेपाल अवसर’ शीर्षकको अन्तरक्रियामा सहभागी हुँदै उनले नेपाल–भारत सम्बन्ध र सहकार्यका सम्भावनाबारे धारणा राख्ने कार्यक्रम छ।

तीनदिने भ्रमण पूरा गरी अर्थमन्त्री वाग्ले शनिबार नेपाल फर्कने कार्यतालिका छ।

प्रकाशित मिति : ६ कार्तिक २०८३, शुक्रबार ०६:५९   :  बजे

12
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।