नेपाल औषधि उत्पादक संघको आयोजनामा फागुन १७ गतेदेखि १९ सम्म मरणोपरान्त अंगदानको सामाजिक अभियान सहितको सातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो–२०१९ भोलीबाट शुरुहुने भएको छ । एक्स्पोको फागुन १७ गते शुक्रबार माननीय उद्योग तथा वाणिज्य मन्त्री मातृका यादवद्वारा उद्घाटन गरिने नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो–२०१९ का संयोजक जी.नारायण बहादुर क्षेत्रीले मार्फत जानकारी दिए ।
नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपकप्रसाद दाहालले यो कामले सबैको लागि योगदान पुगने बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष राजु पौडेलले यस ेसातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो–२०१९ मा सबै गरी विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी देशहरुको उपस्थिति रहने जानकारि दिनुभयो ।
तीनदिन सम्म चल्ने एक्स्पोमा प्रवेश निःशुल्क रहेको पनि जानकारी दिनुभयो । एक्स्पोको दोस्रो दिन फागुन १८ गते माननीय उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा औषधि उत्पादक संघको सामाजिक अभियान, मरणोपरान्त अंगदान कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।
उक्त कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुष्करचन्द्र श्रेष्ठ र निर्देशक डा. कल्पना श्रेष्ठ, गुजरात स्टेट युनिभर्सिटीका डिन एवं गुजरात सरकारका न्यूरोलोजिष्ट सल्लाहकार डा.पंक. आर.शाहको उपस्थिति रहने छ ।
एक्स्पोमा २ सय स्टल रहनेछन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय कम्पनी एक्स्पोमा सहभागी हुनेछन् । नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिनेछन् ।
एक्स्पोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियस कम्पनी प्राइभेट लिमिटेड, डाइमण्ड स्पोन्सरमा सन्साई फर्मा र एलम्याक टेक्नोलोजी र गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपीएम मेशिनरी र एजिलेन्ट टेक्नोलोजी-प्रुडेन्ट मेडिटेक रहेका छन् ।
एक्स्पोमा औषधि व्यवस्था विभाग, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, नेपाल औषधि व्यवसायिक संघ, नेपाल आर्युवेदिक औषधि उत्पादक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एशोसिएसन र ग्रयाजुयट फर्मासिष्ट एशोसिएसन अफ नेपाल, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल रहेका छन् ।
काठमाण्डौं बाहिर पहिलोपटक चितवनमा हुन लागेको एक्स्पोमा करीब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने संघको विश्वास छ । एक्स्पोमा सहभागी हुन आउनेहरुको सुविधाको लागि फुडकोर्ट, सटल वक्स, पार्किङ लगायतको व्यवस्था मिलाइएको नेपाल फर्मा एण्ड हेल्थ एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले बताए ।
प्रतिक्रिया