Logo

समाचार

नेपाल फर्मा एण्ड हेल्थ एक्स्पोको उद्घाटन उद्योग तथा वाणिज्य मन्त्रीले गर्ने



नेपाल औषधि उत्पादक संघको आयोजनामा फागुन १७ गतेदेखि १९ सम्म मरणोपरान्त अंगदानको सामाजिक अभियान सहितको सातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो–२०१९ भोलीबाट शुरुहुने भएको छ । एक्स्पोको फागुन १७ गते शुक्रबार माननीय उद्योग तथा वाणिज्य मन्त्री मातृका यादवद्वारा उद्घाटन गरिने नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो–२०१९ का संयोजक जी.नारायण बहादुर क्षेत्रीले मार्फत जानकारी दिए ।

नेपाल औषधि उत्पादक संघका अध्यक्ष दिपकप्रसाद दाहालले यो कामले सबैको लागि योगदान पुगने बताए । चितवन उद्योग संघका अध्यक्ष भेषराज दुवाडी, बरिष्ठ उपाध्यक्ष राजु पौडेलले यस ेसातौ नेपाल फर्मा एण्ड हेल्थ एक्स्पो–२०१९ मा सबै गरी विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी देशहरुको उपस्थिति रहने जानकारि दिनुभयो ।

तीनदिन सम्म चल्ने एक्स्पोमा प्रवेश निःशुल्क रहेको पनि जानकारी दिनुभयो । एक्स्पोको दोस्रो दिन फागुन १८ गते माननीय उपप्रधान तथा स्वास्थ्य मन्त्री उपेन्द्र यादवद्वारा औषधि उत्पादक संघको सामाजिक अभियान, मरणोपरान्त अंगदान कार्यक्रमको शुभारम्भ गर्ने कार्यक्रम रहेको छ ।

उक्त कार्यक्रममा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका कार्यकारी निर्देशक डा.पुष्करचन्द्र श्रेष्ठ र निर्देशक डा. कल्पना श्रेष्ठ, गुजरात स्टेट युनिभर्सिटीका डिन एवं गुजरात सरकारका न्यूरोलोजिष्ट सल्लाहकार डा.पंक. आर.शाहको उपस्थिति रहने छ ।

एक्स्पोमा २ सय स्टल रहनेछन् । औषधि क्षेत्रमा नयाँ प्रविधिको खोज गरिरहेका विभिन्न ३० वटा बहुराष्ट्रिय कम्पनी, १ सय २० भारतीय कम्पनी एक्स्पोमा सहभागी हुनेछन् । नीजि क्षेत्रको १० वटा अस्पतालले समेत एक्स्पोमा भाग लिनेछन् ।

एक्स्पोको प्लाटिनम स्पोन्सरमा प्यासिफिक कमर्सियस कम्पनी प्राइभेट लिमिटेड, डाइमण्ड स्पोन्सरमा सन्साई फर्मा र एलम्याक टेक्नोलोजी र गोल्ड स्पोन्सरमा जीएमपी टेक्निकल सोलुसन, एनपीएम मेशिनरी र एजिलेन्ट टेक्नोलोजी-प्रुडेन्ट मेडिटेक रहेका छन् ।

एक्स्पोमा औषधि व्यवस्था विभाग, शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर, नेपाल औषधि व्यवसायिक संघ, नेपाल आर्युवेदिक औषधि उत्पादक संघ, नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल फर्मास्युटिकल एशोसिएसन र ग्रयाजुयट फर्मासिष्ट एशोसिएसन अफ नेपाल, एशोसिएसन अफ प्राइभेट हेल्थ इन्स्टिच्यूसन अफ नेपाल रहेका छन् ।

काठमाण्डौं बाहिर पहिलोपटक चितवनमा हुन लागेको एक्स्पोमा करीब ५० हजार अवलोकनकर्ताहरुले अवलोकन गर्ने संघको विश्वास छ । एक्स्पोमा सहभागी हुन आउनेहरुको सुविधाको लागि फुडकोर्ट, सटल वक्स, पार्किङ लगायतको व्यवस्था मिलाइएको नेपाल फर्मा एण्ड हेल्थ एक्स्पोका मिडिया कोअर्डिनेटर विप्लव अधिकारीले बताए ।

प्रकाशित मिति : १६ फाल्गुन २०७५, बिहीबार १३:४९   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।