Logo

बिजनेस

नेपाली महिला उद्यमीहरुको १४ सदस्यीयटोली श्रींलकामा



श्रीलंकमा आयोजना हुने एसियाली महिला उद्यमीहरुको सम्मेलनमा भागलिनका लागि १४ सदस्यीय नेपाली महिला उद्यमीको टोली आज श्रीलंका प्रस्थान गरेको छ ।

एससी डब्ल्यूईसी ले यहि फाल्गुन १८ गते आयोजनागर्न लागेको पुरुस्कार समारोहमा भाग लिनका लागि महिला टोली त्यसतर्फ प्रस्थान गरेको हो । टोली पुरस्कार समारोहमा भाग लिन कोलम्बो, श्रीलंकाका लागि गएको सो टोलीको नेतृत्व एससीडब्ल्यूईसीका उपाध्यक्ष रीता भण्डारीले गर्नु भएको छ ।

सो टोलीमा प्रतियोगीताका लागि २ फेसन डिजायन्र्स , एक गायक र त्यसैगरी बेस्ट नेपाली महिला उद्यमि २०१८ को उपाधीहातपार्न सफल स्याम बद्धन श्रेष्ठ पनि रहनु भएको छ ।

त्यसैगरी पहिलो पटक आयोजना हुन लागेको प्रतियोगीतामा एससीडब्ल्यूईसीको सदस्यनीता पाउडेलले कोलम्बोमा आयोजित समारोहको मापदण्ड र प्रतियोगिताम KPMG, अन्तर्रा्ष्ट्रिय चार्टर्ड एकाउन्ट फर्मद्वारा विकसितगरिएको ढाँचा हेर्ने बताइएको छ ।

एसएसीईईसीको अनुसार, यस क्षेत्रका सामाजिक, आर्थिक वृद्धिमा उनीहरूको योगदानलाई कदर गर्दे सार्क क्षेत्रका महिला उद्यमिहरु र त्यस समुदायहरूलाई सशक्तीकरण गर्ने यो क्षेत्रीय पुरस्कारको प्रमुख उद्देश्य रहेको आयोजकले जनाएको छ ।

प्रकाशित मिति : फाल्गुन १६, २०७५ बिहीबार  १ : ५६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।