कैलाली । कैलालीको टीकापुरमा मोबाइल चोरीमा संलग्न रहेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय कैलालीका अनुसार विभिन्न स्थानबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा टीकापुर नगरपालिका–१, एकतानगरका २४ वर्षीय अमित तिमिल्सिना र १९ वर्षीय धिरेन्द्र शाही पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट चोरीका पाँचवटा मोबाइल बरामद गरेको जनाएको छ।
बरामद गरिएका मोबाइल सम्बन्धित धनीलाई फिर्ता गर्ने प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।




















प्रतिक्रिया