Logo

खेलकुद

एनपीएलको तेस्रो संस्करण सुरु हुँदै, कांग्रेस सभापति थापाले दिए शुभकामना



काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करण सुरु हुन लागेको अवसरमा सम्पूर्ण खेलाडी, सहभागी टोली, नेपाल क्रिकेट संघ (क्यान) र क्रिकेटप्रेमीलाई शुभकामना दिएका छन्।

थापाले नेपाली क्रिकेटले हासिल गरेको वर्तमान उपलब्धिका पछाडि वर्षौंको संघर्ष, मेहनत र समर्पण रहेको उल्लेख गरेका छन्।

सीमित स्रोतसाधन र विभिन्न कठिनाइका बाबजुद नेपाली क्रिकेटलाई वर्तमान अवस्थासम्म पुर्‍याउन योगदान गर्ने खेलाडी, प्रशिक्षक तथा क्रिकेटप्रेमीलाई स्मरण गर्दै उनले नेपाली क्रिकेटले आगामी दिनमा थप उचाइ हासिल गर्ने विश्वास व्यक्त गरेका छन्।

एनपीएलको तेस्रो संस्करणले नेपाली क्रिकेटको विकास, खेलाडीको क्षमता अभिवृद्धि र समग्र क्रिकेट क्षेत्रको प्रवर्द्धनमा योगदान पुर्‍याउने अपेक्षासहित थापाले प्रतियोगितामा सहभागी सबैलाई सफलताको शुभकामना दिएका हुन्।

प्रकाशित मिति : ९ कार्तिक २०८३, सोमबार १३:१२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।