काठमाडौ । नेपाल प्रिमियर लिग क्रिकेट एनपीएल सिजन थ्रीको दोस्रो दिन मंगलबार दुई खेल हुँदैछन् । मंगलबारको पहिलो खेलमा विराटनगर किंग्स र चितवन राइनोज खेल्नेछन् । यो खेल दिउँसो १२ः३० बजे त्रिवि मैदान कीर्तिपुरमा शुरु हुनेछ ।
राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछानेको कप्तानीमा रहेको विराटनगरले यसपटक वेस्ट इन्डिजका विष्फोटक ब्याटर आन्द्रे रसेललाई भित्र्याएको छ । कप्तान लामिछाने सहित लोकेश बम र बसिर अहमदको फर्म टोलीका लागि खुशीको कुरा हो । त्यस्तै प्रतिस जीसीको लयले पनि विराटनगर हौसिएको छ ।
यसैगरी चितवन कुशल मल्लको कप्तानीमा मैदान उत्रिने छ । यसअघिका २ सिजन खेलाडीका रुपमा मैदान उत्रिएका सोहेल तनविर यो पटक चितवनको प्रशिक्षक बनेका छन् ।
रवि बोपारा र सिकन्दर रजा दुई विदेशी खेलाडी रहेको यो टोलीमा देब खनाल, अर्जुन साउद, कमलसिंह ऐरी, रिजन ढकाल, दीपक बोहोरालगायतको साथ छ । पाकिस्तानी खेलाडी उसामा मिरलाई अनुबन्ध गरेको भए पनि पाकिस्तानी क्रिकेट बोर्डले अनुमती नदिएपछि उनी कहिले आउने वा नआउने भन्ने ठेगान हुन सकेको छैन ।
यस्तै साँझ ५ बजे शुरु हुने दोस्रो खेलमा कर्णाली याक्स र जनकपुर बोल्ट्स खेल्नेछन् । पहिलो सिजनको विजेता जनकपुरले गत सिजन भने खराब प्रदर्शन गरेको थियो । यस्तै यसपटक पाकिस्तानका कप्तान शाहिब जादा फरहानलाई भित्र्याएर हौसिएको कर्णाली उनलाई पाकिस्तानले फिर्ता बोलाए पछि केही चिन्तित छ ।
तर डेभिड मिलरलाई भित्र्याएर हौसिएको कर्णाली मार्क वाट, अरिफुल इस्लाम जस्ता विदेशी खेलाडी पनि रहेका छन् । यस्तै, गुल्सन झा, पवन सर्राफ, नन्दन यादव, दीपक डुम्रे विपीन शर्मा लगायत खेलाडीको साथ रहेको कर्णाली राम्रो प्रदर्शन गर्न कुनै कसर बाँकी राख्न चाहँदैन । ज्ञानेन्द्र मल्लको प्रशिक्षण र सोमपाल कामीको कप्तानीमा रहेको कर्णाली जनकपुरलाई हराउँदै सुखद सुरुवातको योजनामा छ।
यस्तै अमेरिकी खेलाडी हरमित सिंहलाई कप्तान बनाएको जनकपुर इग्ल्यान्डका मोइन अली, न्युजिल्यान्डका जेमी निसमको सुझबुझपूर्ण र अलराउन्ड प्रदर्शनको आशामा छ ।
आसिफ शेखलाई गुमाएको जनकपुर ललित नारायण राजंशीको फर्मले केही खुशी छ । तर ब्याटिङमा भने अनिल साहको प्रदर्शनमा पनि निर्भर हुनेछ ।




















प्रतिक्रिया