काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल र नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत फ्रान्स्वाज पुइगिन्जाबीच शिष्टाचार भेटवार्ता भएको छ ।
परराष्ट्र मन्त्रालयमा भएको भेटमा मन्त्री खनालले राजदूत पुइगिन्जालाई नियुक्तिका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।
भेटमा नेपाल–फ्रान्स सम्बन्धका विविध पक्षमा छलफल भएको मन्त्रालयले जनाएको छ । दुई देशबीच हवाई सेवा, जलवायु परिवर्तन, वैज्ञानिक अनुसन्धान तथा बहुपक्षीय सहकार्यका क्षेत्रमा सहयोग विस्तार गर्ने विषयमा कुराकानी भएको थियो ।




















प्रतिक्रिया