काठमाडौं । सिटीजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना बीमितलाई ग्राहक पहिचान विवरण (केवाईसी) अद्यावधिक गर्न आग्रह गरेको छ।
सम्पत्ति शुद्धीकरण निवारणसम्बन्धी कानुनी व्यवस्थाअनुसार ग्राहकको विवरण अद्यावधिक राख्नुपर्ने भएकाले कम्पनीले यस्तो आग्रह गरेको हो।
कम्पनीका अनुसार बीमितले अनलाइन वा भौतिक रूपमा उपस्थित भएर केवाईसी विवरण अद्यावधिक गर्न सक्नेछन्। अनलाइनबाट विवरण अद्यावधिक गर्न चाहने ग्राहकले कम्पनीको वेबसाइटबाट केवाईसी फाराम डाउनलोड गरी आवश्यक विवरण भर्नुपर्नेछ।
त्यसमा हालसालै खिचिएको पासपोर्ट आकारको फोटो र राष्ट्रिय परिचयपत्रको प्रतिलिपि संलग्न गरी customer.services@citizenlifenepal.com मा इमेल वा ९८४७३८६८१३ नम्बरको ह्वाट्सएपमार्फत पठाउन सकिने कम्पनीले जनाएको छ।
त्यस्तै, भौतिक रूपमा विवरण अद्यावधिक गर्न चाहने बीमितले राष्ट्रिय परिचयपत्रको प्रतिलिपि र पासपोर्ट आकारको फोटोसहित नजिकैको शाखा वा उपशाखा कार्यालयमा पुगेर फाराम बुझाउन सक्नेछन्। बीमा अभिकर्तामार्फत पनि केवाईसी फाराम भरेर बुझाउन सकिने व्यवस्था गरिएको छ।
केवाईसी विवरण अद्यावधिक भएपछि बीमा दाबी भुक्तानी, बीमालेख धितोमा कर्जा तथा अन्य बीमासम्बन्धी सेवा लिन सहज हुने कम्पनीको भनाइ छ।





















प्रतिक्रिया