Logo

प्रमुख समाचार

ओभरटेक गर्ने होडबाजीमा अनुशासन उल्लङ्घन गर्दै सार्वजनिक यातायात



काठमाडौं । काठमाडौंको कोटेश्वरस्थित सडकमा सार्वजनिक यातायातका साधनले अगाडि जाने(ओभरटेक) होडबाजीमा ट्राफिक नियम उल्लङ्घन गर्ने गरेको पाइएको छ ।

सडकमा आफ्नो लेन नै छाडेर अगाडि बढ्ने वा ओभरटेक गर्ने प्रतिस्पर्धाले सवारी आवागमनलाई अव्यवस्थित बनाएको छ । यात्रु चढाउने र ओराल्ने तथा अगाडि बढ्ने क्रममा सार्वजनिक यातायातका साधनले ट्राफिक नियम पालना नगर्दा ट्राफिक व्यवस्थापनमा समेत चुनौती थपिएको देखिन्छ ।

व्यस्त सडकमा चालकहरूले आफ्नो लेनमा गाडी नहाँक्ने, ट्राफिक नियम पालना नगर्दा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने देखिन्छ।

सार्वजनिक यातायातलाई व्यवस्थित र सुरक्षित बनाउन चालकहरू स्वयं जिम्मेवार बन्नुका साथै ट्राफिक नियमको प्रभावकारी पालना आवश्यक देखिन्छ ।

प्रकाशित मिति : १६ कार्तिक २०८३, सोमबार १२:३७   :  बजे

18
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।