Logo

खेलकुद

लोकेश, आन्द्रे र इमरानको अर्धशतकमा विराटनगरले जनकपुरलाई दियो १७५ रनको लक्ष्य



काठमाडौं । लोकेश बम, आन्द्रे रसेल र इमरान शेखको अर्धशतकमा विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सलाई १७५ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको विराटनगर किंग्सले २० ओभरमा ३ विकेट गुमाएर १७४ रन बनाएको हो ।

विराटनगरका लागि इमरान शेखले सर्वाधिक ५६ र ओपनर लोकेश बमले ५० रन बनाए । एनपीएल इतिहासमा एकै खेलमा दुई नेपाली ब्याटरले अर्धशतक प्रहार गरेको यो पहिलो पटक हो ।

इमरानले ४५ बल खेल्दै ५ चौका र २ छक्का मदतमा ५६ रन बनाए । लोकेशले ४० बल खेल्दा समान ३ चौका र ३ छक्का मदतमा ५० रन जोडे ।

ओपनर शेहान जयासूर्य टिमको स्कोर २ रन हुँदा नै आउट भएपछि वान डाउनमा आएका इमरान शेख र ओपनर लोकेश बमले दोस्रो विकेटका लागि १०७ रनको साझेदारी गरेका थिए ।

यस्तै आन्द्रे रसेलले २९ बलमा अविजित ५२ रन बनाए । उनले २ चौका र ५ छक्का प्रहार गरे । शुभम रन्जाने ७ रनमा अविजित रहे ।

बलिङमा जनकपुरका लागि अभिषेक तिवारीले २ तथा मोइन अलीले १ विकेट लिए ।

प्रकाशित मिति : १७ कार्तिक २०८३, मंगलवार १४:१५   :  बजे

3
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।