Logo

Sports

एनपीएलः पोखराको लगातार चौथो हार,प्लेअफको सम्भावना न्यून



काठमाडौं । राजधानीमा जारी नेपाल प्रिमियर लिग ९एनपीएल० अन्तर्गत आजको दोस्रो खेलमा चितवन राइनोजले  पोखरा एभेन्जर्सलाई ३० रनले पराजित गरेको छ।

जितका लागि पाएको१५२ रनको लक्ष्य पछ्याएको पोखरा१९ ओभरमा १२१ रनमा समेटियो ।

उसका अर्जुन कुमालले सर्वाधिक ४५ रन बनाएपनि जितका लागि पर्याप्त हुन सकेन।

चितवनका रिजन ढकालले ४,कमलसिंह ऐरीले ३ विकेट लिए।

यसअघि कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको चितवनले निर्धारित २० ओभरमा  ६ विकेटको क्षतिमा १५१ बनायो ।

पोखराले टस जितेर बलिङ रोजेको छ। जसमा कप्तान सिकन्दर राजाले ३७,रवि वोपराले ३५, अर्जुन साउदले ११ रन जोडे।

पोखराका कप्तान चमिका करूणत्ने,कुशल भुर्तेल र विपीन खत्रीले २र२ विकेट लिए।

प्रकाशित मिति : २० कार्तिक २०८३, शुक्रबार २१:१३   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।