Logo

खेलकुद

१२ जोड्दा ३ विकेट गुमाएको भारतले अस्ट्रेलियालाई यसरी हरायो



भारतले पाहुना टोली अस्ट्रेलियालाई हैदरबादमा भएको एक दिवसिय खेलमा ६ विकेटले पराजित गरेको छ। सात विकेटको क्षतिमा अस्ट्रेलियाले बनाएको २३६ रनको योगफललाई उसले रोमाञ्चक शैलीमा पछ्याउँदै ४८.२ ओभरमा पराजित गर्न सफल भएको हो।

एक समय एक विकेटको क्षतिमा ८७ रन बनाएर सहज जिततर्फ लम्किरहेको भारतले मात्र १२ मा आफ्ना तीन विकेटहरू गुमाएको थियो। लय धर्माराएको अवस्थालाई सम्हाल्दै भारतले जित हासिल गर्‍यो। ९९ रनमा ४ विकेट गुमाएर समस्यामा परेको भारतलाई स्टार ब्याट्सम्यान एवं पूर्व भारतिय कप्तान महेन्द्र सिंह धोनीले केदार जाधबसँग गतिलो साझेदारी गर्दै म्याच जिताए।

भारतलाई जित दिलाउने क्रममा जाधवले ८७ बलमा ८१ रन जोडे भने धोनीले ७२ बल खेल्दै ५९ रन जोडेका थिए। दुबैले कुल १४१ रनको पाटनरसिप गरे। जाधबले बलिङ पनि यस खेलमा राम्रो गरे, उनले अस्ट्रेलियाको सबैभन्दा ठूलो साझेदारीलाई तोड्ने क्रममा मार्कस स्टोइनिसलाई (३७ रन) आउट गरेका थिए। उनले उस्मान ख्वाजासँग ८८ रनको साझेदारी गरेका थिए।

यसैगरी अस्ट्रेलियलाई थोरै स्कोरमा सिमित गर्ने क्रममा तीब्र गतिका बारतिय बलर मोहम्मद शामीले १० ओभरमा २ महत्वपूर्न विकेट लिए। यसका लागि उनले ४४ रन खर्च गरेका थिए। उनले म्याक्सवेल तथा एस्टन टर्नरको विकेट लिएका थिए।  यस्तै कुलदि यादवले १० ओबरमा ४६ रन दिदैं अस्ट्रेलियाका उस्मान ख्वाजा(५०) लाई आउट गरे भने पिटर हैड्सकम्बलाई १९ रन मा स्टम्पिङ गराए भने अर्का तीब्र गतिका बलर जसप्रीत बुमराहले पाहुना टोलीका कप्तान एरन पिन्चलाई पहिलो ओभरमा नै फेभिलियन फर्काएका थिए।

प्रकाशित मिति : फाल्गुन १९, २०७५ आईतबार  २ : १६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।