Logo

कोशी प्रदेश

झापाका विभिन्न मुद्दाका फरार प्रतिवादी पक्राउ



झापा जिल्लाका वन मुद्दाका फरार प्रतिवादी झापा, झापा गाउँपालिका-२ घर भएका ४२ वर्षीय प्रदिप कुमार माझीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । जिल्ला अदालत झापा भद्रपुरको २०६४ भदौ २० गतेको फैसलाले वन मुद्दामा ६ महिना कैद र नगद १५ हजार ८६ रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई इलाका प्रहरी कार्यालय कुमरखोद झापाबाट खटिएको प्रहरीले उनकै घरबाट पक्राउ गरको हो ।

यसैगरी बैदेशिक रोजगार ठगी मुद्दाका फरार प्रतिवादी बिर्तामोड नगरपालिका-३ घर भएका ३० वर्षीय कुमार पुरीलाई बुधबार प्रहरीले पक्राउ गरेको छ । बैदेशिक रोजगार न्यायालय काठमाडौंको २०७२ जेठ २४ गतेको फैसलाले  बैदेशिक रोजगार ठगी मुद्दामा १ वर्ष कैद र १ लाख रुपैयाँ जरिवाना ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापा र इलाका प्रहरी कार्यालय घैलाडुब्बाबाट खटिएको प्रहरीले अर्जुनधारा नगरपालिका-५ बैर चौकबाट पक्राउ गरेको हो ।

फैसला कार्यान्वयनका लागि दुवै जनालाई जिल्ला अदालत झापा भद्रपुरमा उपस्थित गराइने जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।  

प्रकाशित मिति : मंसिर ११, २०७७ बिहीबार  १२ : ४४ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।