गण्डकी। कास्कीको पोखरा महानगर १६ स्थित अन्नपूर्ण आत्मनिर्भर बालआश्रममा बुधबार साँझ भएको आगलागीबाट एक करोडभन्दा बढीको क्षति भएको अनुमान गरिएको छ।
आगलागीबाट बालआश्रमको भवनलगायतका संरचना र विभिन्न सामग्रीमा क्षति पुगेको पोखरा १६ का वडाध्यक्ष अमृत शर्मा तिमिल्सिनाले जानकारी दिए।
आगलागीबाट बालआश्रममा पुगेको क्षतिको पूर्ण विवरण सङ्कलन तथा पुनःस्थापनाका लागि आवश्यक पहल भइरहेको जनाइएको छ।
आगलागीबाट क्षति पुगेको बालआश्रमको बिहीबार महानगर प्रमुख धनराज आचार्य, प्रमुख प्रशासकीय अधिकृत राजन पौडेललगायतले स्थलगत अवलोकन गरे।
महानगर प्रमुख आचार्यले बालआश्रमको पुनःनिर्माण तथा आवश्यक व्यवस्थापनका लागि महानगरबाट गर्न सकिने सहयोग उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरे।




















प्रतिक्रिया