Logo

खेलकुद

यी खेलाडीले खोस्न सक्छन् विराटको नम्बर १ स्थान



आइसिसीको टेस्टतर्फको अन्तराष्ट्रिय क्रिकेटको ब्याटिङमा भारतिय कप्तान विराट कोहली एक नम्बरमा रहेका छन्। उनको यो अवस्थामा खतरा देखिएको छ। उनलाई न्यूजल्याण्डका कप्तान केन विलियम्सले टक्कर दिएका हुन । सोमबार सार्वजनिक भएको पछिल्लो सूचिमा उनी कोहली पछि दोश्रो स्थानमा रहेका छन्।

उनी ९१५ अंकसहित दोश्रो स्थानमा छन् भने कोहली ९२२ अंक सहित पहिलोमा रहेका छन्। केनले बङ्लादेशविरूद्धको पहिलो टेस्टमा बनाएको नटआउट २०० रनले उनलाई यस्तो अवस्थामा ल्याएको हो।

यी दुबैबीच अब ७ अंकको मात्र अन्तर रहेको छ। भारतले आगामी जुलाईसम्म कुनै टेस्ट म्याच खेल्दैछैन जसका कारण कोहलीले अंक पाउँदैनन जबकी न्यूजल्याण्डले बंगलादेशविरूद्ध अझै दुई टेस्ट खेल्न बाँकी रहेको छ। यो दुई म्याचका दौरान केनसँग कोहलीलाई पहिलो नम्बरबाट दोश्रो नम्बरमा झार्ने मौका हुनेछ। यी दुई म्याचमा उत्कृष्ट प्रदर्शन गरेमा उनले कोहलीलाई पहिलो नम्बरबाट हटाउने छन्।यस सूचिमा भारतका चेतेश्वर पुजारा तेश्रो नम्बरमा रहेका छन् ।

प्रकाशित मिति : फाल्गुन २१, २०७५ मंगलबार  ३ : २२ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।