Logo

राजनीति

कांग्रेस लङ्गडो बनाउने देउवा–पौडेल गुटको अन्त्य कहिले होला ?



नेपाली राजनितीमा सबैभन्दा लामो ईतिहास बोेकेको कांग्रेस आन्तरिक दलदलमा सधै फसिरहेको छ । कांग्रेसले आफ्नै आन्तरिक किचलो सुधार गर्न नसक्दा सधै आन्तरिक किचलोमा फसिँरहेको छ ।

कांग्रेसले नेपालको ईतिहासमा करिव ७ दशक लामो लोकतान्त्रिक आन्दोलन सम्हालेका छ । तर, अहिले आएर कांग्रेस आफै थला परेपछि लोकतन्त्र अनयौलमा छ । कांग्रेसले सुरुवातिमा आफ्नो मोर्चा सरल र सहज रुपमा सम्माहालेको भएपनि अहिले विस्तारै सुस्ताउदै जाँदा नेताहरुमै आन्तरिक द्वन्द फैलिएको छ ।

यतिमात्र होइन कांग्रेस अहिले नेपाली राजनितीको परिदृश्यमा दिनप्रतिदिन कमजोर समेत बन्दै गइरहेको छ । गुटउपगुट र आन्तरिक कलहमा फसेको कांग्रेस निर्वाचन भएको १ बर्ष्वितिसक्दा समेत राम्रोसंग तङ्ग्रिन सकेको छैन ।

२०१५–२०४८ सालको आमनिर्वाचनमा बहुमत ल्याएको कांग्रेसले गत बर्षको निर्वाचनमा नराम्म्री थला प¥यो । अहिले पनि स्पष्ट निति र जनअपेक्षा अनुसार काम गर्न नसक्दा २ दशकदेखि नेपाली कांग्रेस प्रति जनताको भरोसा बलियो हुन सकेको छेन । नेविसंघ विवाद, अनुशासन–निर्वाचन समिति गठनसहितका मुद्दामा शीर्ष नेताको मत नमिलेपछि कांग्रेस केन्द्रीय समिति बैठक पनि अनिश्चित बनेको छ ।

शीर्ष नेताहरुको आन्तरिक अहमताका कारण फागुन १४ मा बैठक नै नबसि स्थगित केन्द्रीय समिति बैठक समेत अनिश्चित बनेको छ । पार्टी्भित्रको विवाद नेता–नेताविच मात्रै रहेको छैन ।सार्वजानिक रुपमै नेताहरु एकअर्का प्रति आरोप प्रत्यारोप गर्नमै व्यस्त छन । पार्टी सभापतिले बहुमतको आधारमा पार्टी संचालन गरेको भन्देै वरिष्ठ नेता रामचन्द्र पौडेलले सार्वजानिक कार्यक्रममै सभापति देउवाको आलोचना गर्न थालेका छन ।

मंगलबार आयोजित एक कार्यक्रममा पौडेलले देउवालाई सच्चिन आग्रहसमेत गरे ।

पार्टी सभापति देउवाले भने आफुले गुटगतरुपमा पार्टी नचलाएको भन्दै पटक–पटक एकताबछ बनाएर पार्टी संचालन गर्ने बताउन भने छाडेका छैन । मंगलबार एक कार्यक्रममा पार्टीलाई एकढिक्का बनाएर लैजान प्रतिबद्ध भएको पनि दोहो¥याएका छन ।

नेतृत्वमा आरोप प्रत्यारोप चलिरहँदा जिल्ला सभापतिहरुले चेतावनीसहित नयाँ कदम चालेका छन् । मंगलबार मात्रै देशका ५६ जिल्लाका सभापतिहरुले विज्ञाप्ती निकाल्दै नेतृत्वलाई महासमिती बैठकले दिएको एजेण्डाविपरित गरेको निर्णय तत्काल सच्याउन माग गरेको छ ।

नेताहरुकै तिक्तताका कारण बैठकस्थगित भएको एक साता विति सक्दा समेत शीर्ष नेताबीच अनौपचारिक कुराकानी समेत हुन सकेको छैन । उल्टो नेताहरु आ–आफ्नै पक्षधरका नेताहरुसंग गुटगत बैठक मात्रै बस्दे आएका छन । आइतबार मात्रै पूर्वमहामन्त्री समेत रहेका नेता कृष्ण प्रसाद सिटौलाले आफुपक्षधरका नेताहरुसंग घरमै बोलाएर परार्मश गरे ।

मंगलबार नेता प्रकाशमान सिंहको घरमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शंशाक कोइराला,अर्जुननरसिंह केसी लगायतको छुट्टै भेला बस्यो । उता सभापति देउवापनि आफ्नो पक्षधरका नेताहरुसंग निरन्तर परामर्शमा छन । मुलुकमा अहिले दुइतिहाइ बहुमतको कम्युनिष्ट सरकारप्रति जनताको वितृष्ण बढ्दै जांदा समेत कांग्रेस बलियो हुन नसक्नु यो भन्दा दुरर्भाग्य अरु के होला ?

प्रकाशित मिति : २१ फाल्गुन २०७५, मंगलवार १६:०२   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।