संसदीय सुनुवाइ समितिले मुस्लिम आयोगका प्रस्तावित अध्यक्ष समीम मियाँ अन्सारीले प्रस्तुत गरेका नागरिकता र शैक्षिक योग्यताका प्रमाणपत्र छानबिन गर्ने भएको छ ।
समितिको मंगलबारको बैठकमा सांसद योगेश भट्टराईले भने, “तपाईले प्रस्तुत गर्नुभएको नागरिकताको प्रतिलिपिमा नागरिकता दिने व्यक्तिको दस्तखत छैन, तपाईं कानूनी धरापमा पर्न सक्नुहुन्छ, नागरिकता भनेको संवेदनशील र आधिकारिक प्रमाणपत्र हो, तपाईले दुई वटा मितिमा लिएका नागरिकता लिएको देखिएको छ ।”
मर्यादित आयोगको सम्मानित पदमा जाने व्यक्तिले यस्ता कच्चा काम गर्न नहुने नहाँको भनाइ थियो । सांसद भट्टराईले भने, “तपाईं पछि हट्नुस् अन्यथा कानूनी धरापमा पर्नुहुन्छ ।”
साेही बैठकमा सांसद भट्टरार्इकाे प्रश्नमा अन्सारीले कडा जवाफ फर्काएका छन्। उनले आफ्नो योग्यता, रुचि, अवधारणासहितको कार्ययोजना प्रस्तुत गर्दै भने, “म कुनै हालमा ब्याक हुन्न किन भने मेरो नागरिकता, शैक्षिक योग्यताको प्रमाणपत्रमा त्रुटि छैन, मबाट त्रुटि भए देशमा कानून छ, जस्तोसुकै सजाय भोग्न तयार छु ।
बैठकले उहाँको ससदीय सुनुवाइपछि प्रमाणपत्र र नागरिकताबारे सम्बन्धित निकायबाट थप जानकारी लिने निर्णय गरेको छ । त्यस्तै बैठकमा सदस्यहरुले अन्सारीले समितिमा प्रस्तुत गरेका नागरिकता र शैक्षिक योग्यताको प्रमाणपत्रमाथि शङ्का व्यक्त गरेका थिए ।
नेकपाको केन्द्रीय सदस्य रहेकै बेला संवैधानिक परिषद्ले मुस्लिम आयोगको अध्यक्षमा प्रस्ताव गरेको हुँदा उनको नाम समितिले अनुमोदन गर्न नमिल्ने तर्क केही सांसदहरुले गरे ।




















प्रतिक्रिया