Logo

पत्रपत्रिका

विद्यालयको लापरवाहिले कक्षा ८ का हजार विद्यार्थी परीक्षाबाट वञ्चित



बिस ओटा विद्यालयको लापरवाहिका बाट कक्षा ८ मा अध्यायनरत करिब ७ हजार विद्यार्थी बञ्चित भएका छन् । विद्यालयहरुले अनलाईन मार्फत आबेदन भर्नुंपर्ने नियम वेवास्ता गरेपछि विद्याथीृको परिक्षा अन्यौलमा परेको हो ।

काठमाडौं महानगरपालिकाले गत वर्षदेखि उक्त परीक्षाको आवेदन अनलाइनबाट भर्नुपर्ने नियम बनाएको थियो । तर २० वटा संस्थागत विद्यालयले त्यसमा अटेरी गरेकाले करिब एक हजार विद्यार्थी परीक्षा दिन नपाउने भएका हुन् । जबकि कामपा शिक्षा विभागले परिपत्र गर्दै गत माघमा फारम भर्ने समय तोकेको थियो । त्यसपछि पनि पटक पटक निर्देशन दिएको थियो । विभागले यही फागुन ७ देखि १२ गतेसम्म पुनः म्याद दिएको थियो ।

कामपा शिक्षा विभाग प्रमुख सिताराम कोइरालाले फारम नभर्ने विद्यालयमाथि कारबाही हुने चेतावनी दिनुभयो । सम्भवत् विद्यार्थीको भविष्यमाथि खेलवाड गर्ने प्रधानाध्यपकमाथि कारबाही हुने उनले संकेत गरे । यो समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ।

प्रकाशित मिति : फाल्गुन २७, २०७५ सोमबार  २ : ३६ बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई [email protected] मा लेखी पठाउनुहोला ।