Logo

गण्डकी प्रदेश

मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको अभियोगमा पक्राउ



रोल्पामा मोटरसाइकलमा आगजनी तथा तोडफोड गरेको घटनामा संलग्न रहेको अभियोगमा रोल्पा गंगादेव गाउँपालिका-४ डलसिङगे बस्ने ३४ वर्षीय कृष्ण वलीलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

सल्यान बागचौर नगरपालिका-१२ दर्गामा गत कार्तिक २० गते रा.३ प ३२७२ नम्बरको मोटरसाइकलमा तोडफोड एवं आगजनी गरी फरार रहेका कृष्णलाई रुकुम पूर्व उत्तरगंगा गाउँपालिका-१० तक्सेराबाट प्रहरीले पक्राउ गरेको हो ।  

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति : १२ मंसिर २०७७, शुक्रबार १३:३७   :  बजे

0
Shares

अनलाइनपाना डटकममा प्रकाशित सामग्रीबारे कुनै सूचना, गुनासो, तथा सुझाव भए हामीलाई onlinepana@gmail.com मा लेखी पठाउनुहोला ।